१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

१२ चैत, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ।  अघिल्लो कारोबारको दिन छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ।  अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १०:५३