१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

कतिमा भयो सुपर खुदी हाइड्रोपावरको पहिलो कारोबार ?

११ चैत, काठमाडौं । स्पेशल प्रि ओसन सेसनमा सुपर खुदी हाइड्रोपावरको सेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ३१ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २४ लाख कित्ता सेयर गरी कुल १ करोड ५५ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : March 25, 2026 at 11:00 am