१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

नेपाल माइक्रो इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

११ चैत, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले वैशाख १० गते चितवन मिडटाउन होटल भरतपुरमा बिहान ११ बजे बस्ने  गरी तेस्रो वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/०८२ को कम्पनीको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

साथै चालु आर्थिक वर्ष २०८२।०८३ को लागि कम्पनीको बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीले सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको खर्च अनुमोदन गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ चैत २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १०:१५