११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

सुपर खुदी हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

१० चैत, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर खुदी हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १ करोड २४ लाख कित्ता संस्थापक सेयरधनीहरुले लगानी गरेको र ३१ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिएको सेयर रहेको छ ।

 नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ । सोही मूल्यकै आधारमा भोलिदेखि कम्पनीको कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १७:४२