मे १ मा कुमा सागर “नेपा जात्रा” लिएर एडिलेड आउदै
एडिलेड । चर्चित गायक कुमा सागरको बहुप्रतीक्षित सांगीतिक कार्यक्रम “नेपा जात्रा एडिलेड” आगामी मे १ शुक्रवार एडिलेडमा हुने भएको छ। स्थानिय उड्भिल टाउन हलमा आयोजना हुने कार्यक्रमको साँझ ५:०० बजे शुरु हुने आयोजक एस के ईभेन्टका निर्देशक कमल थापा मगरले बताउनु भएको छ ।
कार्यक्रमको सबैभन्दा ठूलो आकर्षणका रूपमा लोकप्रिय गायक कुम सागर र उनको चर्चित ब्यान्ड द खोप रहनेछन्। आफ्नो मौलिक शैली, लोक र आधुनिक संगीतको फ्युजनका कारण कुमाले पछिल्लो समय नेपाली संगीत क्षेत्रमा विशेष स्थान बनाएका छन्। उनको लाइभ प्रस्तुति ऊर्जावान र दर्शकसँगको गहिरो कनेक्शनका लागि परिचित छ।
कुमा सागरका चर्चित गीतहरूमा ` फुरफुरी´ `ओ चम्पा´ `रारा तालैमा´ लगायतका गीतहरू विशेष रूपमा लोकप्रिय छन्।
कुम सागर आफ्नो फरक शैली र मौलिक नेपालीपन झल्किने संगीतका लागि चिनिने कलाकार हुन् । उनका गीतहरूले युवापुस्तामाझ मात्र होइन, सबै उमेर समूहका श्रोताहरूमा पनि गहिरो प्रभाव पारेका छन्। उनको संगीतमा प्रेम, सम्झना र जीवनका अनुभवहरूलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरिएको पाइन्छ।
निर्देशक मगरले कार्यक्रमले एडिलेडमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो संस्कृतिसँग जोड्ने र एकआपसमा नजिक ल्याउने उद्देश्य राखेको बताउदै, यसले नेपाली कला र संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर पनि प्रदान गर्ने अपेक्षा गरिएको बताउनु भयो ।
एडिलेडस्थित नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको यस कार्यक्रममा सांस्कृतिक प्रस्तुति, लाइभ म्युजिक र सामुदायिक भेटघाट मुख्य आकर्षण रहनेछन्।
कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन इच्छुक दर्शकहरूलाई समयमै टिकट सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन्।
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १३:१६














