११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

नगद कारोबारको सीमा बुझाैँ, सचेत भएर कारोबार गराैँः राष्ट्र बैंक

१० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद कारोबारको सीमा बुझेर सचेत भई कारोबार गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागी एक सन्देश जारी गर्दै यस्तो बताएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८२ मा चेक क्लियरिङ्ग तथा भुक्तानी सम्बन्धमा व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले ५ लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नु पर्नेछ । साथै, फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरूको भुक्तानी समेत एकाउन्टपेयी हुनु पर्नेछ ।

तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न, बैंक तथा वित्तीय संस्थाबीच दैनिक कारोबार सञ्चालनका लागि नगद कारोबार गर्न भने सीमाभन्दा बढीको रकम नगद भुक्तानी गर्न बाधा नपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार ११:५८