प्रि ओपन सेसनमा करिब ७ अंकले बढ्यो नेप्से
१० चैत, काठमाडौं । साताको तस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ६.९० अंकले बढेर २९४३.४७ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ७७ स्टकको २९३ पटकको कारोबारमा ४ करोड ४४ लाख ६७ हजार ३९२ रुपैयाँ ८० पैसाबराबरको ८४ हजार ५२६ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १०:५८













