४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१० चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से २३.८३ अंकले बढेर २९६०.४० को बिन्दुमा बन्द भएको छ । मंगलबार १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने यस दिन स्थिर रहेको छ ।

मंगलबार ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ८३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन, राधी विद्युतको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६७ करोड ४३ लाख ८४ हजार रुपैँया बराबरको कारोबार भएको छ ।

त्यस्तै, अपी पावर कम्पनीको ५७ करोड ८७ लाख ४९ हजार रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ४५ करोड ७० लाख ७२ हजार रुपैँया, ङादी ग्रुप पावरको ४१ करोड ३१ लाख १५ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३९ करोड १० लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:11