सुनको मूल्य घट्ने क्रम आज पनि जारी, कति पुग्यो तोलाको ?
१० चैत, काठमाडौं नेपाली बजारमा सुनको मूल्य घटेको छ छ । यस दिन सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ ।
आजको बजारमा चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढे प्रतितोला ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १०:५६













