१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन

१० चैत, काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सोही आधारमा कम्पनीको मूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार मूल्य ५२२ रुपैयाँका आधारमा ५० प्रतिशत हकप्रद बुकक्लोजपछि नेप्सेले सो कम्पनीको सेयरमूल्य ३८१.३३ रुपैयाँ कायम गरेको छ । सोही मूल्यकै आधारमा आज कम्पनीको कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार ०९:२८