१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् सेयर ?

१० चैत, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले कुल १९ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवदेन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र सो सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार ०९:१७