१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

९ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५.०१ अंकले बढेर २९३६.५६ को बिन्दुमा बन्द भएको हो । सोमबार १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ । यस दिन ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।आज कुमारी बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६७ करोड २३ लाख ७८ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ६० करोड ६४ लाख ८६ हजार रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको ५७ करोड ४८ लाख २९ हजार रुपैँया, एनआरएन इन्फ्रास्ट्रक्चरको ५४ करोड ९८ लाख २१ हजार रुपैँया, ङादी ग्रुप पावरको ५४ करोड ३३ लाख ८२ हजार रुपैँयाको कारोबार भएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १५:१८