१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

९ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५.०१ अंकले बढेर २९३६.५६ को बिन्दुमा बन्द भएको हो । सोमबार १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ । यस दिन ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ् हाइड्रोपावर र सालपा विकास बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १५:१३