२० भदौ २०८३, शनिबार | Sun Sep 6 2026

मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

९ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘अवसरको झोला’ अभियानमार्फत आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी सामग्री वितरण गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको यस अभियानको उद्देश्य विद्यार्थीहरूको शिक्षा पहुँच विस्तार गर्नु र भविष्य निर्माणमा सहयोग पुर्‍याउनु रहेको जनाएको छ।

बैंकका अनुसार, सामान्य देखिने झोलाले विद्यार्थीका लागि अवसर, आत्मविश्वास र उज्ज्वल भविष्यको ढोका खोल्ने माध्यम बन्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो। झोला वितरणका क्रममा विद्यार्थीहरूमा देखिएको उत्साहले उनीहरूमा नयाँ आशा र आत्मविश्वास थपिएको बैंकले जनाएको छ।

यसै अभियानसँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाक वितरण तथा उत्कृष्ट र मेहनती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

मुक्तिनाथ विकास बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा दीगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ। हालसम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायत जिल्लामा करिब ५०० भन्दा बढी विद्यार्थीलाई विद्यालय झोला वितरण गरिसकेको छ।

प्रकाशित मिति : March 23, 2026 at 11:53 am