निरन्तर घट्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?
९ चैत, काठमाडौं । पछिल्लो केहि दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर घटेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामै ११५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १०:५०













