१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

पिपुल्स पावरले बोलायो साभारण सभा, यस्ता छन् प्रस्ताव

९ चैत, काठमाडौं । पिपुल्स पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबार काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजे नवौं वार्षिक साधारण सभा बाेलाएकाे हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको गत आवको वासलात, नाफा नोक्सान हिसाब र नगद विवरण चालु आव २०८२–०८३ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका वित्तीय विवरणहरू पनि छलफल गरी पारित गर्नेछ।

 कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ चैत १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार ०९:४३