१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा

८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको अध्यक्षबाट डा। प्रकाशचन्द्र लोहनीले राजीनामा दिनुभएको छ । गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै उहाँले राजीनामा दिनुभएको हो ।

तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने उहाँले बताउनुभयो । महाधिवेशन भएर त्यसपछि प्राप्त पदमा मात्रै आफू रहने उहाँले राजीनामापत्रमा उल्लेख गर्नुभएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १६:४३