बचत गर्ने बानीले भविष्यमा ठूलो आर्थिक सुरक्षाको आधार तयार गर्छः राष्ट्र बैंक
८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले साना–साना बचत गर्ने बानीले भविष्यमा ठूलो आर्थिक सुरक्षाको आधार तयार गर्ने बताएको छ । केन्द्रीय बैंकले ग्लोबल मनी विकको अवसरमा एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
साना रमकबाट बचत गर्ने बानीको विकास गर्नुपर्ने बताउँदै राष्ट्र बैंकले नियमित रूपमा थोरै रकम बचत गर्ने बानीले दीर्घकालीन रूपमा आर्थिक स्थायित्व र सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँने जनाएकाे छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार ११:२६













