१० चैत्र २०८२, मंगलवार | Wed Mar 25 2026

मध्य भोटेकोशी जलविद्युत कम्पनीका सीइओ शिवाकोटीको कार्यकाल थप

८ चैत, काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीको कार्यकाल थप गरिएको छ । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले उहाँको कार्यकाल थप ६ महिनाका लागि नवीकरण गर्ने निर्णय गरेको छ ।

२०७७ चैत ९ गते कम्पनीको सीइओमा नियुक्त हुनुभएका शिवाकोटीको कार्यकाल यहि चैत ९ गते सकिँदै छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १०:४५