कांग्रेस केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश
६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् । अहिले जारी रहेको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् ।
सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १४:४०













