संसदीय दलको नेतामा मेरो दाबी रहन्छः अर्जुननरसिंह केसी
६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताउनुभएको छ । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुग्नुभएका केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै दलको नेतामा दाबेदारी गर्ने बताउनुभएको हो ।
केसीले दलको नेतामा आफ्नो दाबी स्वभाविक रहेको पनि बताउनुभएको छ । ‘संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ,’ केसीले सञ्चारकर्मीहरूसँग भन्नुभयो, ‘संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ ।’
प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १४:३१













