स्मार्ट सोचका साथ ज्ञानसहितको संवाद गरौंः राष्ट्र बैंक
६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक विषयमा निर्णय गर्दा घर परिवार, साथीहरु तथा सम्बन्धित सरोकारवालासँग खुलेर कुरा गर्नुपर्ने बताएको छ । केन्द्रीय बैंकले ग्लोबल मनी विकको अवसरमा एक सन्देश जारी गर्दै यस्तो बताएको हो ।
केन्द्रीय बैंकले सूचनामा भनेको छ, ‘राष्ट्र बैंकले बचत, खर्च, लगानी, प्रतिफलजस्ता आर्थिक विषयमा निर्णय गर्दा घर परिवार, साथीहरु तथा सम्बन्धित सरोकारवालासँग खुलेर कुरा गर्ने गर्नुपर्ने बताएको हो । स्मार्ट सोचका साथ ज्ञान सहितको संवाद गरौं ।’
प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १२:१७













