६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापतिको राजीनामाबारे निर्णय हुने

६ चैत, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायतका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

कांग्रेसले उक्त बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवम् सातै प्रदेशका सभापतिलाई निर्देशानुसार अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार ११:२३