६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

६ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामै ७ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो ।

यस दिन चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँ घटेर प्रतितोला ४ लाख ८९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १०:५७