१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

याडियाद्वारा ‘चैत मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

६ चैत, काठमाडौं। नेपालमा याडियाको आधिकारिक वितरकले “चैत्र मेगा एक्सचेन्ज कार्निभल” घोषणा गरेको छ । उक्त एक्सचेन्ज चैत्र ४ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।

यो सीमित अवधिको अभियानले आकर्षक अफरहरू मार्फत नेपालमा स्मार्ट इलेक्ट्रिक मोबिलिटीतर्फको रूपान्तरणलाई तीव्र बनाउने उद्देश्य राखेको छ।

यस अभियान अन्तर्गत ग्राहकहरूले याडिया ओविन र याडिया ई ८ एस प्राे मोडेलहरूमा १५ रूपैयाँ सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै, ईआई सुविधा ३ हजार ९९९ प्रति महिनादेखि सुरु हुने भएकाले ग्राहकहरूलाई स्मार्ट इलेक्ट्रिक सवारीतर्फ सहज रूपमा परिवर्तन गर्न थप सहयोग पुग्नेछ।

उक्त एक्सचेन्ज कार्निभल नेपालभर रहेका सबै याडिया शोरुमहरूमा सञ्चालन भइरहेको छ, र ग्राहकहरूलाई आफ्नो नजिकको शोरुममा गई यी विशेष अफरहरूको लाभ लिन अनुरोध गरिएको छ।

याडियाले विश्व बजारमा लगातार ९ वर्षसम्म बिक्रीको आधारमा नम्बर १ स्थान कायम राख्दै आएको छ। साथै, नेपालमा पनि याडियाले इलेक्ट्रिक सवारी क्षेत्रमा अग्रणी तथा उच्च प्रदर्शन गर्ने ब्रान्डको रूपमा आफ्नो स्थान स्थापित गरेको छ।

कुजु नेपालका प्रतिनिधिहरूका अनुसार, यो अभियानले इलेक्ट्रिक सवारीलाई अझ किफायती, सहज र आकर्षक बनाउँदै ग्राहकहरूलाई वातावरणमैत्री यातायाततर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ।

इन्धनको मूल्य वृद्धि र वातावरणीय सचेतना बढ्दै गएको अवस्थामा “चैत्र मेगा एक्सचेन्ज कार्निभल” ले स्मार्ट, किफायती र आधुनिक सवारी खोजिरहेका ग्राहकहरूलाई विशेष आकर्षण प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : 10:38