चैत १३ गते बालेनले प्रधानमन्त्रीको शपथ लिने
६ चैत, काठमाडौं । प्रधानमन्त्रीमाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो । रास्वपा वरिष्ठ नेता शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिन लाग्नुभएको हो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ।
संसद् सचिवालयले सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय गरेको छ । सांसदले शपथ लिएपछि प्रधानमन्त्रीमा शाहले शपथ लिन लाग्नुभएको हो ।
प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार ०९:३५













