७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

बुद्धभूमि हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

६ चैत, काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ बराबरको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद सेयरमा माघ २९ गतेसम्म कायम साविक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा चैत २२ गतेदेखि वैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार ०९:०१