कांग्रेस केन्द्रीय समिति भोलि, गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेश हुने
५ चैत, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ६ गते अर्थात भोलि शुक्रबार बस्ने भएको छ । बैठकमा पार्टी सभापतिबाट राजीनामा दिनुभएको गगनकुमार थापाको राजीनामा अस्वीकारको प्रस्ताव प्रस्तुत हुने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, `नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ । डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !“
शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बैठक बस्नेछ । बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १८:२९













