राप्रपा संसदीय दलको नेता भए ज्ञानेन्द्र शाही
५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।
पार्टीका प्रवक्तासमेत रहनुभएका शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकाे थियाे । साथै संसदीय दल नेता शाहीले मुख्य सचेतकमा खुस्बु ओलीलाई चयन गर्नुभएकाे छ ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १६:४२













