उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य वृद्धि
५ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार उच्च अंकले बढेको छ ।यस दिन नेप्से ६४.६७ अंकले बढेर २८७७.०२ को विन्दुमा कायम भएको हो । बिहीबार ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । बिहिबार चार कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको हाे ।
ङादी ग्रुप पावर कम्पनीको सेयर यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६७ करोड १६ लाख १६ हजार रुपैँया बराबरको कारोबार भएको हाे । नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमूल्य यस दिन सर्वाधिक ५.१२ प्रतिशत घटेको छ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १५:२०













