सामाजिक सञ्जालमा आउने आकर्षक लगानीको लोभमा नपर्न राष्ट्र बैंकको सुझाव
५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत आउने आकर्षक लगानीको लोभमा नपर्न सुझाव दिएको छ । ग्लोबल मनी विकको अवसरमा एक सन्देश जारी गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो ।
‘यदि इन्टरनेट वा सामाजिक सञ्जालमार्फत ठूलो आम्दानी, पुरस्कार वा आकर्षक लगानीको प्रस्ताव आएको छ भने त्यस्ता लोभमा नपर्नुहोस्’ राष्ट्र बैंकले भनेको छ । यस्ता सन्देशहरु ठगीका जाल हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ । यस्तो अवस्थामा सोचेर र जाँच गरेर मात्र निर्णय गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १३:०२













