१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

५ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १।९० अंकले बढेर २८१४।२५ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८८ स्टकको २६४ पटकको कारोबारमा ५ करोड ७६ लाख ३९ हजार १८३ रुपैयाँ ५० पैसाबराबरको ७८ हजार ८९८ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : March 19, 2026 at 11:00 am