तोलमै ५४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
५ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुनको मूल्य तोलामै ५४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैँया कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १०:५६













