५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

नेपाली कांग्रेसको सभापतिबाट गगनकुमार थापाको राजीनामा

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिनुभएको छ । प्रतिनिधिसभा निर्वाचन  २०८२ मा शर्मनाक पराजय व्यहोरेपछि सभापति थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनुभएको नेता शंकर तिवारीले जानकारी दिनुभयो ।

dainiki.com

कांग्रेसले शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । थापाको राजीनामाका विषयमा केन्द्रीय समिति बैठकमा समेत छलफल हुने नेताहरूले बताएका छन । थापा एक महिना अघिमात्र विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार ०७:१९