पछिल्लो समय बैंकहरूले प्रवाह गरेको ऋण उठाउन चुनौती देखिएको छः अध्यक्ष कोइराला
४ चैत, काठमाडौं । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले पछिल्लो समय बैंकहरूले प्रवाह गरेको ऋण उठाउन पनि चुनौती देखिएको बताउनुएको छ । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष कोइरालाले यस्तो बताउनुभएको हो ।
अध्यक्ष कोइरालाले दीर्घकालीन तथा सुरक्षित प्रतिफलका लागि कोषको लगानीलाई विविधीकरण गर्नुपर्ने बताउनुभयो । कोषले मुद्दती निक्षेपमा मात्रै सीमित नभई ऋणपत्रलगायत विभिन्न वित्तीय उपकरणमा लगानी विस्तार गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
ब्याजदर कहिलेकाहीँ अत्यधिक बढ्ने र कहिले घट्ने भएकाले लगानीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन विभिन्न उपकरण प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार हाल बैंकिङ क्षेत्रमा करिब रु ७७ खर्ब निक्षेप सङ्कलन भएको छ भने करिब रु ५८ खर्ब कर्जा लगानी रहेको छ ।
चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रको विस्तार दर भने करिब तीन दशमलव नौ प्रतिशत हाराहारीमा मात्रै सीमित रहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १३:३२













