तोलामै २२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
४ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २२ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि तोलामा १८५ रुपैयाँ गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ कायम गरिएको छ ।
प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार ११:०५













