४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

एनएनबि लघुवित्तले बोलायो साधारण सभा, मर्जरमा जाने विशेष प्रस्ताव

४ चैत, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत २५ गते बुधबार पोखरा–८, न्यूरोडस्थित होटल सिटि स्क्वायर प्रा.लि मा बिहान १० बजे १३औं वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

सभामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अघि बढाउन उपयुक्त देखिएमा सो सम्बन्धि प्रक्रिया अघि बढाउने मुख्य प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने र एनएमबि बैंकबाट एनएमबि लघुवित्तमा सञ्चालकको रूपमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

साधारणसभा प्रयाजनार्थ कम्पनीले चैत १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ चैत १६ गतेसम्म कायम सेयरधीहरु मात्रै साभारण सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार ०९:२९