एमाले अब ‘बन्द कोठा’ को षड्यन्त्र वा सीमित व्यक्तिको क्याल्कुलेसनबाट चल्दैन
३ चैत, काठमाडाैँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अब एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा सीमित व्यक्तिको क्याल्कुलेसनबाट चल्न नसक्ने बताउनुभएको छ । मंगलबार राति फेसबुकमा टिप्पणी राख्दै उहाँले सीमित व्यक्तिको क्याल्कुलेसनबाट एमाले चल्न नसक्ने बताउनुभएको छ ।
यस्तो छ पाण्डेको टिप्प्णी
“पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा?” यो जायज प्रश्न हो। हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औंल्यायौँ। ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो ‘नोट अफ डिसेन्ट’ को एउटा कुनामा मात्र सीमित गरियो। जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र ‘हुकुम’ दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ।
अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट चल्नुपर्छ।
प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार २१:३७













