रिडी पावरसहिय यी कम्पनीमा झुम्मिए लगानीकर्ता
३ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १३.५१ अंकले बढेर २८१२.३४ को बिन्दुमा कायम भएको छ । आज ३४० वटा कम्पनीहरुको ३ करोड ४८ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री हुदाँ १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार १३२ वटा कम्पनीहरुको सेयर मूल्य बढेको छ भने ११३ वटाको सेयरमूल्य घटेको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन रिडी पावरकाे सर्वाधिक सेयर काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ५६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हाे । त्यस्तै, आँखुखोला जलविद्युतको ५१ करोड ७५ लाख रुपैयाँ, नेशनल हाइड्रो पावरको ४८ करोड ५ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ४६ करोड ३३ लाख रुपैयाँ बढीकाे काराेबार भएकाे छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १५:२५













