३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब ३ करोडको कारोबार

३ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १३.५१ अंकले बढेर २८१२.३४ को बिन्दुमा कायम भएको छ । आज ३४० वटा कम्पनीहरुको ३ करोड ४८ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री हुदाँ १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार १३२ वटा कम्पनीहरुको सेयर मूल्य बढेको छ भने ११३ वटाको सेयरमूल्य घटेको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज ४ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन रिडी पावरकाे सर्वाधिक सेयर काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ५६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हाे ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १५:२१