३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

निफ्राकी संचालक लिमा अधिकारीले दिइन् राजिनामा

३ चैत, काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) की संचालक लिमा अधिकारी आचार्यले राजिनामा दिनुभएको छ । कम्पनीको संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिनुभएको हो ।

उहाँको राजिनामा बैंकको चैत ३ गते बसेको संचालक समितिको बैठकले स्वीकृति गरी रिक्त रहेको पदमा अनिता रायमाझीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार ११:१५