३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने गीता काठमाडौंबाट पक्राउ

२ चैत, काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ बस्ने कञ्चनुर भीमदत्त नगरपालिका-१८ घर भएकी ५१ वर्षीया गीता भण्डारी रहेकी छिन् ।

गीताले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  भण्डारीलाई आइतबार काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १७:४२