सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिराव आएको छ । यस दिन नेप्से २६.०७ अंकले घटेर २७९८.८३ को विन्दुमा बन्द भएको छ । सोमबार ४८ वटा कम्पनीहरूको सेयर मूल्य बढेको छ भने २११ कम्पनीहरूको सेयर मूल्य घटेको छ । यस दिन ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । आज आँखु खोला जलविद्युत कम्पनीकाे सर्वाधिक सेयर काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ६८ करोड ७७ लाख रुपैयाँबराबरको सेयर काराेबार भएकाे हाे । यस दिन नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको साढे ४१ करोडकाे कारोबार भएकाे छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १५:२५










