२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

२ चैत, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस सेयर सूचीकृत भएको हो ।

शाइन रेसुङ्गाको ३ प्रतिशत दरको कुल १४ लाख ६२ हजार ७१० कित्ता बोनस सेयर र एनआरएनको ४० प्रतिशत दरको कुल ५१ लाख ३७ हजार ४८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १४:३१