२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यो नेप्से

२ चैत, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से २.४३ अंकले बढेर २८२७.३४ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ९४ स्टकको २३३ पटकको कारोबारमा ८ करोड ९५ लाख ७९ हजार ४१० रुपैयाँ ३० पैसाबराबरको १ लाख ५२ हजार १०५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार ११:०२