३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

स्टार माइक्रो इन्स्योरेन्सले बोलायो साधारण सभा

२ चैत, काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत २४ गते रजिष्टार्ड कार्यालय, भानुचोक, जनकपुरधाम धनुषामा दिनको १ बजे बस्नेगरी तेस्रो वार्षिक साधारण सभा बाेलाएकाे हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

साथै, कम्पनीको लेखापरिक्षणको प्रतिवेदनसहित २०८२ को असार मसान्तसम्मको वासलात, गत आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही आवको वित्तीय विवरण सम्बन्धि अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

सभाले गत आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिका अध्यक्ष तथा संचालकहरुको नियुक्तिको अनुमोदन गर्ने छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार ०९:२४