३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड

२ चैत, काठमाडौं । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्टका अनुसार आइपीओमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । जसमध्ये ७४ हजार ५६८ जनाको आवेदन मात्रै सदर भएको छ । जसमध्ये ८ हजार २५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने ६६ हजार ३१८ जनाको हात खाली भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार ०९:०८