प्रिमियम मूल्यमा १ अर्ब २६ करोडको आईपीओ निष्काशन गर्दै श्री एयरलाइन्स
१ चैत, काठमाडौं । श्री एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । एयरलाइन्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति माग्दै निवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा थप १ सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले १ अर्ब २६ करोड बराबरको ६३ लाख कित्ता आईपीओ जारी गर्न अनुमति माग गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १७:३२










