१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

भेन्चर हायर पर्चेचले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

१ चैत, काठमाडौं। भेन्चर हायर पर्चेचले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा फागुन २९ गते निवेदन दिएको हाे ।

 बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई जारी गर्नेछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १६:१६