२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद

१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको हो

खसआर्य पुरूषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयाे ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १५:५९